बुधबार सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो दिन १ सय रुपैयाँले घटेको सुन बुधबार ४ सयले महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ। अघिल्लो दिन यो मूल्य ५७ हजार २ सय रुपैयाँ थियो।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ७५५ रुपैयाँमा कारोबार भएकोमा यस दिन ७६० कायम भएको महासंघले जनाएको छ।