सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ।
मंगलबार प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार ५६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य एक महिनायताकै न्यून हो। विगत एक वर्षलाई हेर्दा सुनको मूल्य ५९ हजार २ सय रुपैयाँसम्म पुगेको छ।
चाँदी पनि एक महिनायताकै न्यून मूल्यमा झरेको छ। महासंघका अनुसार यस दिन प्रतितोला ७४५ रुपैयाँमा चाँदीको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा यो मूल्य ५ रुपैयाँले कमी हो।