साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ५६ हजार २ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले बढी हो। यो साता सुनको मूल्यमा सामान्य उतारचढाव रह्यो। गत शुक्रबार प्रतितोला ५६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो।
चाँदीको मूल्य भने साताभर स्थिर रह्यो। गत शुक्रबारयता प्रतितोला ७३५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ।