सुनको मूल्य ५६ हजारबाट झरेको छ।
बुधबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको फाइन गुणस्तरको सुनको मूल्य बिहीबार ४ सयले घटेर ५५ हजार ६ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजावी सुनको मूल्य ५५ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ७१५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन ७३० रुपैयाँमा कारोबार भएकोमा यस दिन १५ रुपैयाँले घटेको हो।