सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ।
अघिल्लो दिन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको सुन यस दिन ५७ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो एक महिनायताकै महँगो मूल्य हो।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ७२५ रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन पनि सोही मूल्यमा चाँदीको ७२५ रुपैयाँ कायम भएको छ।