तीजको दिन सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार २ सय रुपैयाँ पुगेको छ।
यो फाइन गुणस्तरको मूल्य हो। भदौ १ गते प्रतितोला ५५ हजार ६ सय रुपैयाँ रहेको सुन २७ दिनमा प्रतितोला २ हजार ६ सय रुपैयाँले बढेको हो।
त्यस्तै स्टान्डर्ड सुनको मूल्य प्रतितोला ५७ हजार ९ सय रुपैयाँ कायम भएको छ। ९९. ९ प्रतिशत शुद्ध सुनलाई ‘फाइन’ र ९९. ५ प्रतिशत शुद्ध सुनलाई ‘स्टान्डर्ड’ भनेर व्याख्या गरिन्छ।
तीजले बजारमा यतिबेला सुनको माग अत्याधिक बढेको व्यवसायीले बताएका छन्। महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार यतिबेला दैनिक ५० केजी सुनको माग छ। सबैलाई अर्डरअनुसार गरगहना तयार गरिदिन नसकेको उनले जानकारी दिए।
चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार प्रतितोला ७१५ रुपैयाँमा चाँदीको कारोबार भएको छ।