अघिल्लो दिन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको सुन यस दिन २ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार ५९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको जनाएको छ। यो फाइन गुणस्तर सुनको मूल्य हो।
स्टान्डर्ड सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँ रहेको छ। ९९. ९ प्रतिशत शुद्ध सुनलाई फाइन र ९९. ५ प्रतिशत शुद्ध सुनलाई स्टान्डर्ड भनेर व्याख्या गर्ने गरिएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ७४५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो।