साताको पहिलो दिन सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ।
अघिल्लो दिन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५९ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले नेपालमा असर परेको महासंघको भनाइ छ।
त्यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। अघिल्लो दिन तोलाको ७६५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७५५ मा कायम भएको छ।