सुनको मूल्य प्रतितोला ६१ हजार रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ४ सय रुपैयाँले महँगिएको हो। महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यअनुरुप सुनको मूल्य बढेको दावी गरेको छ।
विगत एक वर्षको तथ्यांक हेर्दा सुनको मूल्य न्यूनतम ५४ हजार एक सय रुपैयाँसम्म झरेको छ। आजको मूल्य भने ६ वर्षयताकै महँगो हो। यसअघि सुनको मूल्य २०६९ भदौमा ६३ हजारसम्म पुगेको थियो।