पछिल्लो एक हप्तामा मात्रै सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ बढेको छ।
अघिल्लो हप्ता ६० हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ। एक हप्ता यता एक दिनमा मात्रै सुन प्रतितोला ७ सय रुपैयाँ बढेको छ।
त्यस्तै चाँदी एक हप्तामा प्रतितोला २५ रुपैयाँ बढेको छ। अघिल्लो हप्ता प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।