आज सुनको मूल्य प्रतितोला ६२ हजार ६ सय रुपैयाँ पुगेको छ।
हिजो प्रतितोला ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य साढे ६ वर्षयता कै उच्च भएको महासंघको भनाइ छ।
सुन यसरी उच्चतम मूल्यमा पुग्नुका प्रमुख कारण नेपाली मुद्रा अवमूल्यन हुनु रहेको सुनचाँदी व्यवसायी बताउँछन्।
त्यस्तै चाँदी प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँ बढेको हो।