दुई सातापछि सुनको मूल्य ६२ हजारबाट झरेको छ।
विगत दुई सातासम्म प्रतितोला ६२ हजारभन्दा माथि सुनको कारोबार हुँदै आएको थियो। मंगलबार प्रतितोला ६१ हजार ८ सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिनको तुलनामा यो २ सय रुपैयाँ कम हो।
गत मंगलबार ६२ हजार ६ सय रुपैयाँसम्म सुनको कारोबार भएको थियो। चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला ७७० रुपैयाँमा कायम भएको छ।