सुनको मूल्य ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।
नेपाली मुद्रा कमजोर हुँदा सुनको मूल्य बढेको व्यवसायी बताउँछन्। यसअघि २०६९ भदौमा ६३ हजार रुपैयाँसम्म सुनको कारोबार भएको थियो।
एक हप्ता अगाडि ६२ हजार रुपैयाँ सम्ममा कारोबार भएको सुन आज ६२ हजार ७ सय रुपैयाँ पुगेको छ। हिजो प्रतितोला ६२ हजार ५ सय रुपैयाँका कारोबार भएको थियो। आज सुनको मूल्य २ सय रुपैयाँ बढेको हो।
चाँदी आज प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँ बढेको हो।