एक हप्ताको तुलनामा सुन प्रतितोला ७ सय रुपैयाँ घटेको छ।
सुन एक हप्ता अगाडि ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यो ६ वर्षयताकै महंगो मूल्य हो।
आज सुनको मूल्य प्रतितोला ६२ हजार ६ सय रुपैयाँ पुगेको छ। हिजोको तुलनामा २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। हिजो प्रतितोला ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
एक हप्ताको तुलना गर्दा चाँदीको मूल्य भने स्थिर देखिन्छ। अघिल्लो हप्ता ७७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।