साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ६० हजार नाघेको छ।
शुक्रबार प्रतितोला ६० हजारमा कारोबार भएको सुनको मूल्य आइतबार ४ सयले बढेर ६० हजार ४ सय कायम भएको छ। यो फाइन गुणस्तर सुनको मूल्य हो। स्टान्डर्ड सुनको मूल्य प्रतितोला ६० हजार १ सय रुपैयाँ पुगेको छ।
सुनको मूल्य बढे पनि चाँदीको भने स्थिर रहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनदेखि चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भइरहेको छ।