अवैध सुन ल्याएको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भारतीय नागरिक शतिश कुमार अरोरालाई ८१८ ग्राम सुनसहित पक्राउ गरेको हो।
थाइल्यान्डको बैंककबाट काठमाडौं आउँदै गरेका उनलाई अवैध सुनसहित पक्राउ गरिएको भन्सार कार्यालय स्रोतले जानकारी दियो। विमानस्थलको मेटल डिटेक्टरले पत्ता लगाउन नसक्नेगरी ल्याइएको सुन भन्सारले पत्ता लगाएर पक्राउ गरेको हो।
‘सामन्यतया १०/२० बटम हुनु्पर्ने ठाउँमा सयभन्दा बढी बटम भएपछि हामीलाई शंका लाग्यो जाँच गर्दै जाँदा ती सुनका बटम भएको पाइयो’ भन्सार स्रोतले भन्यो।
थाइलायन एयरलाइन्सको उडानबाट चार बजे काठमाडौं अवतरण गरेका अरोराले सुटकेसको बटम वानाएरमा लुकाएर ल्याएका थिए।
सुटकेसको चारैतिर हुने रबर वा स्टिलको वायर हटाएर त्यसमा सुनको वायर लगाएर बाहिरस अल्मुनियम कोटेट गरिएको थियो। त्यस्तै सुटकेसमा कृतिम बटम सिर्जना गरी १४८ वटा सुनका बटम राखिएको भन्सार स्रोतले जनाएको छ।
त्यसरी बनाइएको बटमलाई बाहिरबाट एल्मुनियमले कोटेट गरेर मेटल डिटेक्टरले पनि पत्ता लगाउन नसक्ने बताइएको थियो।