सुन आज प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो प्रतितोला ६१ हजार ५ सयमा कारोबार भएको सुन आज २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सुनमा भंसार कर बढेको बताएपछि सुनको मूल्य निरन्तर उकालो लागेको देखिएको छ।
चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
’