झापामा सिभिल बैंकले आफ्नो ७९ औं शाखा विस्तार गरेको छ। गाउँ-गाउँसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा विस्तार गरिएको बैंकका शाखा प्रमुख विकास कोइरालाले बताए।
आकर्षक ब्याजदर, सरल कर्जा प्रक्रिया, निःशुल्क मोबाइल बैंकिङ, निक्षेप संकलनलगायत सेवा बैंकले सर्वसाधरणलाई दिने शाखा प्रमुख कोइरालाले बताए। झापामा सिभिल बैंकका योसहित ६ वटा साखा विस्तार भएका छन्।
मंगलबार बैंक शाखाको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले उद्घाटन गरे। बैंकबाट शिवसताक्षी नगरपालिकासहित दक्षिण इलामको माई नगरपालिका, झापाको पूर्वी कमल गाउँपालिका र पूर्वोत्तर गौराहद, गौरीगञ्ज गाउँपालिका र पश्चिमी कनकाई नगरपालिकाका स्थानियले सेवा पाउने बैंकले जनाएको छ।