आज सुनको मूल्य ५ सय रुपैयाँ बढेको छ।
शुक्रबार प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको सुन आज ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। विगत १६ दिनदेखि सुनको मूल्यमा ५ सय रुपैयाँको घटबड हुँदै ६४ हजार ५ सय र ६५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघको तथ्यांकले देखाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालमा पनि यसले असार ६ गते इतिहासमै पहिलोपल्ट ६५ हजार रुपैयाँ प्रतितोलाको नयाँ रेकर्ड बनाएको थियो।
ठूला शक्ति राष्ट्रहरुका बीचमा तनाब देखिएपछि सुनको मूल्य बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले बताएका थिए। सो तनाब नसुल्झिएकाले सुनको मूल्यमा खासै गिरावट आउन नसकेको ब्यवसायीहरु बचाउँछन्।
त्यस्तै चाँदी आज प्रतितोला १० रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।