आज सुनको प्रतितोला मूल्य ५ सय रुपैयाँ बढेको छ।
एक हप्तादेखि ६४ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुन आज ६५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय स्तरमानै सुनको मूल्य बढेकाले यसको असर नेपाली बजारमा देखिएको ब्यवसायीहरु बताउँछन्।
त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ। अघिल्लो दिन ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।