सुनको मूल्य तोलामा ६५ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
अघिल्लो एक हप्ता सुनको मूल्य स्थिर देखियो। हप्ताभरि सुन लगातार ६४ हजार ५ सय रुपैयाँमामात्रै कारोबार भयो। एक हप्तासम्म लगातार एउटै मूल्यमा कारोबार भइरहेको सुन हिजो ५ सय रुपैयाँ बढेर ६५ हजार रुपैयाँमा कारोबार भयो।
सुन हिजोको मूल्यमाफेरि ५ सय रुपैयाँ बढेर ६५ हजार रुपैयाँ पुगेको हो।
शक्ति राष्ट्र अमेरिकाको चाइना, भारत, इरान लगायतका राष्ट्रहरूसँगको विवादका कारण अन्तर्राष्ट्रियस्तरमा नै सुनको मूल्य बढेकाले यसको असर नेपाली बजारमा देखिएको व्यवसायीहरू बताउँछन्।