बिहीबार बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ६५ हजार ४ सय रुपैयाँ रहेको सुन यस दिन ६५ हजार कायम भएको हो।
एक महिनायता सुनको मूल्य ६४ हजार ५ सयदेखि ६५ हजार ५ सयको बीचमा कायम छ।
बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ७८० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७७० रुपैयाँमा झरेको महासंघले जनाएको छ।