सुनको मूल्ययले नयाँ नयाँ रेकर्ड बनाउने क्रम जारी छ । पछिल्लो समय लगातार बढीरहेको सुनको मूल्य शुक्रबार ६५ हजार ८ सयमा कारोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो । आइतबार सुनको मुल्यमा शुक्रबारको तुलनामा ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ ।
आइतबार सुनको मूल्य ६६ हजार ३ सय पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
फेडरल रिजर्भ बैंकले ब्याजदर घटाएका कारण सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । फेडरल रिजर्भ बैंक अमेरिकाको केन्द्रीय बैंक हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार फेडले ०.२५ प्रतिशतले ब्याजदर घटाएको छ, त्यसले गर्दा लगानीकर्ता सुनमा आर्कषित भएका हुन् ।
विश्वभरि मानिसहरुले सुन तथा अमेरिकी डरललाई सम्पती मान्ने हुनाले आफ्नो सम्पती सुन वा डलरमा संचय गर्न खोज्छन् भन्ने मान्यता छ । त्यसैले सुन र अमेरिकी डलरको बिचमा विपरित सम्बन्ध कायम हुने गरेको छ ।
डलरको संचय बढाउन खोज्दा माग बढ्छ र डरको मूल्य बढ्छ, यसले गर्दा मानिसहरु सुनको माग घटाउछन् । माग घटेपछि स्वभावैले मूल्य पनि झर्छ । यसको ठिक विपरित, मानिसहरुले सुनको माग बढाएमा मूल्य बढ्छ र डलरको माग घटेकैले मूल्य पनि घट्छ ।
अहिले फेडको ब्याजदरले गर्दा मानिसहरु डलरको माग कम गरे र सुनको माग बढाएकोले सुनको मूल्य बढेको नेपाली सुन व्यवसायीहरुको छाता संगठनले जानकारी दिएको छ।
पछिल्लो समय बढ्को अमेरिका चीनको व्यपार युद्धको असर पनि सुनको मूल्यमा देखिएको संघले जनाएको छ । गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ सय विलियन डलरका चिनियाँ सामानको आयातमा १० प्रतिशत अतिरिक्त भन्सार दर बढाएको थियो ।
व्यपार युद्धका कारण पनि लगानीकर्ता डलर बेचेर सुनको आर्कषित भए । यसले सुनको माग बढ्यो र सुनको मूल्य पनि बढ्यो ।