शुक्रबार सुन बिहिबारकै मूल्यमा स्थिर भएको छ । पछिल्लो सयम लगातार बढीरहेको सुन बिहिबार अहिलेसम्मकै उच्च मूल्य कायम गरेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य ७१ हजार ५ सय प्रतितोला कायम गरिएको छ ।
यस्तै, महासंघले तेजावी सुनको मूल्य प्रतितोलाको मूल्य ७१ हजार २ सय तोकेको छ ।
महासंघले चाँदीको मूल्य प्रतितोला ८ सय २० रुपैयाँ कायम गरेको छ ।
युरोपियन राष्ट्र, रुस लगायतका देशले सुनको संचिति बढाउनु, अमेरिका र चिन बीचको व्यापार युद्ध तथा अन्तर्राष्ट्रिय रुपमा भारतीय मुद्रा कमजोर हुनु जस्ता कारणले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढीरहेको छ ।
अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्इ प्रति औंस १५२० अमेरिकी डरलको हाराहारीमा छ । यो निरन्तर बढ्दो लयमा देखिएको छ ।