पछिल्लो समय बलियो भइरहेको अमेरिकी डलरको मूल्य बुधबार झनै महंगो भएको छ।
बुधबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य बढेको जनाएको हो। आजका लागि राष्ट्र बैंकले बिक्रीदर १ डलर बराबर १ सय १५ रुपैयाँ ३ पैसा मूल्य निर्धारण गरेको छ ।
यस्तै डलरको खरिद मूल्य भने १ सय १४ रुपैयाँ ४३ पैसा तोकिएको छ। अघिल्लो हप्ताको बुधबार डलरको मूल्य ११४.५५ रुपैयाँ थियो ।
अस्टेलियन डलर ७७.९५ रुपैयाँ तथा क्यानडियन १ डलरको मूल्य ८६.२६ रुपैयाँ पुगेको छ। जापानी येन १० बराबर १०.८२ रुपैयाँ, १ साउदी अरब रियल बराबर ३०.६७, कतारी रियल ३१.५९ तथा युएई दिरामको मूल्य ३१.३२ रुपैयाँ भएको छ।
पछिल्लो समय लगातार भारतीय रुपैयाँ कमजोर बन्दै जादाँ नेपाली रुपैयाँ पनि कमजोर बनेको हो।
डलर बलियो बन्दा रेमिट्यान्सबाट मुलुकलाइ फाइदा पुग्छ। अहिले डलरसँग नेपाली रुपैयाँ कमजोर बन्दा विदेशमा काम गरेर डलरमा तलब बुझ्ने कामदारलाई फाइदा हुन्छ।