गएको तीनदिनदेखि सुनको मूल्य यथावत रहेको छ। भदौ चार गते बढेको सुनको मूल्य आजसम्म यथावत रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनदेखि नेपाली बजारमा सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि अघिल्लो शुक्रबार सुनले अहिलेसम्मैकै किर्तिमानी मूल्य प्रतितोला ७१ हजार ५ सय बनाएको थियो ।
पछिल्ले समय अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढीरहेको छ । आज प्रतिऔंस १५ सय २ अमेरिकी डलरमा अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार भइरहेको छ ।