आइतबार सुनको मूल्य घटेको छ । पछिल्लो समय लगातार बढीरहेको सुनको मूल्य आइतबार घटेको हो । सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएअनुसार आइतबार प्रतितोला सुनको मूल्य ७२ हजार निर्धारण गरिएको छ ।
यसअघि शुक्रबार प्रतितोला सुनको मूल्य ७२ हजार ४ सय थियो । अघिल्लो दिन बिहिबार सुनको मूल्यले ऐतिहासिक किर्तिमानी मूल्य बनाएको थियो । बिहिबार नेपाली बजारमा प्रतितोला सुन ७३ हजार ४ सयमा कारोबार भयो । त्यसपछि भने सुन लगातार ओरालो लागिरहेको छ ।
यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार ७ सयमा कारोबार भएको छ । शुक्रबार तेजावी सुनको मूल्य ७२ हजार १ सय थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपाली बजारमा पनि त्यसको असर देखिएको हो ।
यस्तै चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । शुक्रबार प्रतितोला ८ सय ८५मा कारोबार भएको थियो । आइतबार पनि सोहि मूल्यनै निर्धारण गरिएको छ ।
सुनचाँदीको मूल्य घटेसँगै व्यवसायीहरु गरगहनाको कारोबार भने ठप्प भएको बताइरहेका छन् ।