बुधबार एक हजार रुपैयाँ बढेको सुनको मूल्य बिहिबार घटेको छ। बुधबार प्रतितोला ७३ हजार पुगेको सुन बिहिबार एक सयले रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि ७३ हजार ४ सय मूल्य निर्धारण गरेको छ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार १ सयमा झरेको छ। चाँदीको मूल्य भने स्थीर छ।
बुधबार एकै दिन प्रतितोला ४५ रुपैयाँ बढेर ९४० रुपैयाँ पुगेको चाँदी बिहिबार भने स्थीर रहेको हो। महासंघले जनाएअनुसार आज प्रतितोला चाँदीको मूल्य ९४० छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यमा भएको उतार चढावले गर्दा नेपाली बजारमा पनि असर देखिएको छ। अर्कोतिर अमेरिकी डलरसँगको विनियम दरले गर्दा पनि मूल्यमा घटबढ देखिएको छ।
बुधबार एक डलरको नेपाली मूल्य ११६ रुपैयाँ पुगेको थियो आज ११५ मा झरेको छ।