बुधबार सुनको मूल्य स्थिर रहेको छ, भने चाँदीको मूल्य बढेको छ।
सोमबार ७१ हजार ७ सयमा कारोबार भएको प्रतितोला सुनको मूल्य मंगलबार ७ सय घटेर ७१ हजारमा कारोबार भएको थियो। तर, आज भने सुनको मूल्य ७१ हजारमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ। महासंघले बुधबारको लागि ८ सय ८० रुपैयाँ प्रतितोला कायम गरेको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि घटेको हो। अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १४ सय ९० अमेरिकी डलर प्रति औंस छ।