दसैंको मुखमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार आइतबार सुनको मूल्य प्रतितोला ७० हजार २ सय कायम भएको छ । यो शुक्रबारको तुलनामा ६ सय रुपैयाँ कम हो।
गत बुधबार प्रति तोला ७२ हजार भएको सुन त्यसपछि लगातार घटिरहेको छ। बिहीबार प्रतितोला १ हजार घटेर ७१ हजारमा कारोबार भएको सुन शुक्रबार पुन २ सय घटेर ७० हजार ८ सय रुपैयाँमा झरेको थियो।
यस्तै तेजावी सुनको मूल्य पनि घटेको छ । आज नेपाली बजारमा तेजावी सुनको प्रतितोला मूल्य ६९ हजार ९ सय पुगेको छ। पछिल्लो समय सुनसँगै चाँदीको मूल्य पनि घटिरहेको छ। आइतबार प्रति तोला चाँदीको मूल्य १५ रुपैयाँ घटेको हो। शुक्रबार तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ४५ मा कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण नेपाली बजारमा पनि घटिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १४ सय ९७ अमेरिकी डलरमा सुनको कारोबार भइरहेको छ। यो आइतबार बिहानको मूल्य हो।
यस्तै, अमेरिकी डलर कमजोर हुँदा त्यसको असर सुनमा देखिएको हो । अहिले १ अमेरिकी डलरको मूल्य १ सय १३ रुपैयाँ २० पैसा पुगेको छ ।