गएको बुधबार देखि लगातार घटिरहेको सुन बुधबार अचानक बढेको छ । आज सुन प्रति तोला ६ सयले बढेर ६९ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा प्रतितोला सुन ६९ हजार २ सयमा कारोबार भएको थियो ।
गत बुधबार प्रतितोला ७२ हजार पुगेको सुन त्यसपछि भने लगातार घटिरहेको थियो । छापावाल सुन सँगै तेजावी सुनको मूल्य पनि घटेको छ । आज नेपाली बजारमा प्रति तोला ६९ हजार ५ सयमा तेजावी सुनको करोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला ८ सय २५ रहेको चाँदी आज ८ सय ३५ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि मूल्य बढेको हो । मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रति औंस १४ सय ५० को आसपास आएको सुन बुधबार फेरी बढेर १४ सय ७८ अमेरिकी डलर पुगेको छ ।