पछिल्लो समय घटबढ भइरहेको सुनको मूल्य बिहीबार भने स्थिर रहेको छ।
बुधबार ७० हजार ६ सय प्रतितोलामा कारोबार भइरहेको सुनको मुल्य बिहीबार पनि सोही मूल्यमा कारोबार हुनेको भएको छ।
मंगलबार ७० हजार ७ सय प्रतितोलामा कारोबार भएको सुन बुधबार एक सयले घटेको थियो।
त्यसैगरी, तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ।
बुधबारका लागि तेजाबी सुनको मूल्य ७० हजार ३ सय कायम रहेको थियो। आजको लागि तेजाबी सुनको मूल्य सोही मूल्यमा कायम छ।
चाँदीको मूल्य भने प्रतितोला ५ रुपियाँले घटेको छ।
बुधबार चाँदीको मूल्य ८ सय ५० रहेको थियो। आजका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ४५ रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तलमाथी हुँदा नेपाली बजारमा पनि त्यसको असर पर्छ।
अहिले अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १४ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।