पछिल्लो समय निकै उतार चढावमा रहेको सुनको मूल्य तीन दिनयता स्थिर रहेको छ। मंगलबार ७० हजार ७ सयमा कारोबार भएको सुनको मूल्य बुधबार एक सयले घटेर ७० हजार ६ सयमा कारोबार भएको थियो।
बुधबारदेखि शुक्रबारसम्म प्रतितोला सुनको मूल्य स्थीर नै रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, तेजाबी सुनको मूल्य पनि ७० हजार ३ सयमा स्थिर रहेको छ।
तर, चाँदीको मूल्य पाँच रुपियाँले बढेको छ। बिहीबार ८ सय ४५ रुपियाँ प्रतितोलामा कारोबार भएको सुन शुक्रबार ८ सय ५० मा कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तलमाथी हुँदा नेपाली बजारमा पनि त्यसको असर पर्छ।
अहिले अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १४ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।