सुनको मूल्य फेरी बढेर प्रतितोला ७१ हजार पुगेको छ।
बिहीबार ७० हजार ४ सयमा कारोबार भइरहेको सुनको मूल्य शुक्रबार प्रतितोला ६ सयले बढेको हो।
त्यसैगरी, तेजाबी सुनको मूल्य पनि ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार प्रतितोला ७० हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य शुक्रबारका लागि प्रतितोला ७० हजार ७ सय रुपैयाँ कायम भएको छ।
आजका लागि चाँदीको मूल्य १० रुपियाँले बढेको छ।
बिहीबार ८ सय ५० रुपैयाँ प्रतिोलामा कारोबार भएको सुनको मूल्य शुक्रबारका लागि ८ सय ६० रुपैयाँमा कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तलमाथी हुँदा नेपाली बजारमा पनि त्यसको असर पर्छ।
अहिले अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १५ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।