सुन मूल्यले ऐतिहासिक रेकर्ड तोडेको छ। शुक्रबार सुन प्रतितोला ७४ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले बताएको छ।
यो हालसम्मकै उच्च हो।
त्यस्तै, चाँदी प्रतितोला ९ सय रूपैयाँ तोकिएको छ।
शुक्रबारका लागि तेजावी सुन भने प्रतितोला ७४ हजार २ सय कायम भएको छ।