सुनको भाउ फेरी घट्न थालेको छ।
सुनचाँदी व्यावसायी महासंघकाअनुसार शुक्रबारको लागि प्रतितोला सुनको मूल्य ७४ हजार ६ सय निर्धारण भएको छ। बुधबार ७६ हजार ५ सय पुगेको सुनको मूल्य बिहीबार हजार रुपैयाँले घटेको थियो।
सुनले गत शुक्रबारदेखि मूल्यमा कृतिमान कायम गर्दै आएको थियो।
गत शुक्रबार त्यसअघिको सबै रेकर्ड तोड्दै ७४ हजार ५ सय पुगेको सुन एक हप्तामा ७६ हजार ५ सय पुगेर फेरी ७४ हजार ६ सयमा झरेको छ।
यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ७४ हजार ३ सयमा झरेको छ।
अमेरिका र ईरानको बीचमा बढेको तनावको असर सुनमा देखिएको विश्लेषण थियो। अहिले अन्तर्राष्टिय बजारमै सुनको मूल्य घटेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय ५० अमेरिकी डलर पुगेको छ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।
शुक्रबारका लागि प्रतितोला चाँदीको मूल्य ८ सय ८५ रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। बुधबार ९ सय २० रुपैयाँ प्रतितोला रहेको सुन बिहीबार ९ सयमा झरेको थियो।