सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ।
शुक्रबार ७४ हजार ६ सयमा कारोबार भएको सुन बढेर आइतबार ७५ हजार पुगेको हो।
बिहीबार ७५ हजार ५ सयमा कारोबार भएको सुन शुक्रबार ९ सयले घटेको थियो।
आजका लागि तेजाबी सुनको मूल्य ७४ हजार ७ सय कायम भएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन मूल्य प्रतिऔंस १५ हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।