गत हप्ता एक्कासी बढेको सुनको भाउ फेरी ओरालो लाग्न थालेको छ।
सोमबार ७४ हजार ८ सयमा कारोबार भएको प्रतितोला छापावाला सुन मंगलबार ८ सयले घटेर ७४ हजार कायम भएको सुनचाँदी व्यावसायी महासंघले बताएको छ।
यस्तै नेपाली बजारमा तेजावी सुन प्रतितोला ७३ हजार ७ सयमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य विस्तारै ओरालो लाग्दै गएको छ। सोमबार १५ सय ६० अमेरिकी डलर प्रति औंसमा कारोबार भएको सुन आज १५ सय ३६ अमेरिकी डलरमा झरेको छ।
सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। सोमबार ८ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार १० रुपैयाँ घटेर ८ सय ८० रुपैयाँ भएको छ।