सुनको मूल्य फेरि बढेको छ। मंगलबार ७४ हजार प्रतितोलामा कारोबार भएको सुन बुधबार ७ सय रुपैयाँ बढेर ७४ हजार सात सयमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत पुस २३ गते अहिलेसम्मकै उच्च मूल्य कायम गरेको सुन त्यसपछि घट्न थालेको थियो।
तेजावी सुनको मूल्य पनि घटेको छ। आज प्रतितोला तेजावी सुन ७४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यावसायीका अनुसार बुधबारको लागि प्रतितोला चाँदीको मूल्य ८ सय ८५ तोकिएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजरामा पनि सुन महंगीएको हो। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १५ सय ५३ अमेरिकी डलरमा सुनको कारोबार भएको छ। मंगरबार भने सुनको मूल्य प्रतिऔंस १५ सय ३२ थियो।