बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार पुगेको छ।
बुधबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज दुई सयले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। आजका लागि तेजाबी सुनको मूल्य ७४ हजार ७ सयमा कायम छ।
त्यसैगरी, चाँदीको मूल्य ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा नेपालमा पनि त्यसको प्रभाव परेको हो। बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।