बुधबार सुनको मूल्य ८० हजार ५ सय पुगेको छ। एकदिनमा २२ सयले बढेर ८० हजार ५ सयमा पुगेको सुनको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको हो। मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सय कारोबार भएको थियो।
यसअघि फागुन १२ गते सुनको मूल्यले प्रतितोला ८० हजार ३ सयमा पुगेर नयाँ किर्तिमानि बनाएको थियो।
आजका लागि तेजाबी सुनको मूल्य ८० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कायम छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १५ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको सुन बुधबार बढेर प्रतिऔंस १६ सय ४२ अमेरिकी डलरमा पुगेको छ।
चीनमा फैलिएका कोरोना भाइरसको कारण आर्थिक क्षेत्रमा असर परेकोले यसको प्रभाव अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा देखिएको विश्लेषकहरुको भनाइ छ।
याे पनि हेर्नुस्
किन एकै दिन २२ सयले महँगियो सुन ?