मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा पुगेको छ।
सोमबार प्रतितोला सुन ९१ हजार पुगेर हालसम्मकै उच्च मूल्यमा कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १ हजार ७ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनकाे मूल्य घटबढ भएकाले नेपालमा पनि असर परेको महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मूल्य तोलाको ९४० रुपैयाँमा कारोबार भइरहेको छ।