शुक्रबार सुनको मूल्य प्रतितोला ५ सयले घटेर ९० हजार ६ मा कायम भएको छ। बिहीबार सुन ९१ हजार १ सयमा कारोबार भएको थियो।
त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार एक सय ६० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य ९ सय ४० रुपैयाँमा पुगेको छ। यो अघिल्लो दिनको तुलनमा प्रतितोला ५ रुपैयाँ महँगो हो।