भन्सार छलेर सुन ल्याउने दुई जनालाई राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।
विभागले भारतको कर्नाटक घर भएका अब्दुल मजिद अनेकल र लुक्मान्युल हकिम विरुद्ध ६ किलो २८९ ग्राम ३४० मिलिग्राम सुन भन्सार छली गरेर ल्याएको अभियोगमा राजश्व चुहावट कसुरमा मुद्दा दायर गरेको हो।
विभागले उक्त मात्राको सुनको मूल्य बराबरको विगो कायम गरी विगो असुली तथा कैद सजायको माग गर्दै उच्च अदालत हेटौंडामा मुद्दा दायर गरेको हो।