नेपाली बजारमा सुनको भाउ आकाशिएको छ। लकडाउनपछि खुलेको बजारमा निरन्तर बढीरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन एक तोलाको १ लाख रुपैयाँ नाघेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
नेपालमा मात्र होइन विश्वव्यापी रुपमा सुनको मूल्य बढीरहेको छ। अन्तर्राष्ट्रिय बजारमा पहिलोपटक सुनको मूल्य प्रति आउन्स २ हजार अमेरिकी डलर नाघेको छ।
साताअघिमात्र अन्तर्राष्ट्रिय बजारमा सन् २०११ को उच्च मूल्यको रेकर्ड ब्रेक गरेको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सनुको भाउ प्रति आउन्स २ हजार ३५ अमेरिकी डलरसम्म पुगेको छ।
सुनको मूल्य विश्वव्यापी रुपममा बढ्नुको मुख्य कारण लगानी र आम्दानीका अन्य स्रोत कोरोना महामारीका कारण खुम्चिंदै जानुलाई बताइएको छ।
वर्ल्ड गोल्ड काउन्सिलले मुख्य तीन कारणले सुनको मूल्य बढीरहेको र यो अझै जारी रहने प्रक्षेपन गरेको छ। अर्धवार्षिक सुनको कारोबारोको तथ्यांक सार्वजनिक गर्दै कान्सिलले महामारीले निम्त्याएको अनिश्चतता,न्यून ब्याजदर र उकालो लागिरहेको मूल्यलाई मुख्य कारकका रुपमा व्याख्या गरेको छ।
विश्वका केही देशहरु कोरोनाको कहर सिथिल भएपछि आर्थिक पुनरुत्थानउन्मुख भएपनि समग्र विश्वमा अझै त्रास कायमै भएकाले लगानी तथा आर्थिक गतिविध सामन्य हुने अवस्था नभएकाले विश्वव्यापी लगानीको सुरक्षित माध्यम सुन भइरहेको काउन्सिलले निष्कर्ष निकालेको छ।
त्यस्तै काउन्सिलले विश्वभरका केन्द्रीय बैंकले ब्याजदरमा कटौति गरेकका छन्। यसबाट सरकारी बन्ड तथा अन्य माध्यममा विगतमा हुँदै आएको लगानी स्टक मार्केटले पनि आकर्षित गर्न नसकेपछि सुनमा गएको जानकारी दिएकोव छ।
सन् २०२० को पहिलो ६ महिनामा सुनको माग अघिल्लो वर्षको तुलनामा समग्रमा ६ प्रतिशतले न्यून भएको काउन्सिलले जानकारी दिएको छ। यसमा सबैभन्दा गरगहनामा घटेको छ। अघिल्लो वर्षको तुलनामा यो क्षेत्रमा ४६ प्रतिशतले घटेको छ। त्यस्तै क्वाइन तथा बारमा पनि घटेको छ।
केही समय अघि बैंक अफ अमेरिकाले आगामी १८ महिनामा सुनको मूल्य प्रति आउन्स ३ हजार अमेरिकी डलरसम्म पुग्ने प्रक्षेपन गरेको थियो। बैंकले आर्थिक अनिश्चिता अझै बढ्ने, व्यापार द्वन्द जस्ता कारणले पहेँले धातु अझै मूल्यवान हुँदै जाने प्रक्षेपन गरेको थियो।