नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतितोला १५ सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार ९४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, तेजावी सुनको भाउ ९३ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ।
सोमबार सुनसँगै चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार सोमबार प्रतितोला १ हजार २ सय रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार १२ सय ३५ रूपैयाँमा कारोबार भइरहको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६७ अमेरिकी डलर छ।