बुधवार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । स्थानीय बजारमा बुधवार सुनको मुल्य रू. ९०० ले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९४ हजारमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू ९४ हजार ९०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ९०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ५०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९४ हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलवार प्रतितोला रू. एक हजार ३१५ मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. एक हजार २६५ मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू. ५० ले घटेको हो ।