बुधबार सुनको मूल्य प्रतितोला तीन सयले बढेर ९६ हजार ७ सयमा पुगेको छ। अघिल्लो दिन सुन ९६ हजार चार सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर तोलामा १३ सय ४० पुगेको छ। मंगलबार चाँदी १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहको छ।