बुधबारको तुलनामा बिहीबार सुन तोलामा ८ सय रूपैयाँले घटेको छ।
बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय थियो भने बिहीबार ९२ हजार १ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। बुधबार प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १२ सय ४५ मा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनमा १५ रूपैयाँले कम हो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४१ अमेरिकी डलर कायम छ।