नेपाली बजारमा सुनको भाउ घट्दो क्रममा रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ।
केही दिनयता सुनको मूल्य घट्दो क्रममा रहेको हो। यसअघि मंगलबार प्रतितोला ९० हजार ९ सयमा कारोबार भएको थियो। बुधबार ११ सयले घटेको सुनको मुल्य बिहिबार ६०० रूपैयाँले घटेको हो।
यस्तै बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रूपैयाँ घटेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको हो।
साताको सुनचाँदी
बार/मुल्य | छापावाल | तेजावी | चाँदी |
आइतबार | ९०,८०० | ९०,३०० | १३३५ |
सोमबार | ९०,७०० | ९०,२०० | १३४० |
मंगलबार | ९०,९०० | ९०,४०० | १३६० |
बुधबार | ८९,८०० | ८९,३५० | १३४० |
बिहिबार | ८९,२०० | ८८,७५० | १३३५ |